अल्लुले अस्वीकार गरे रक्सी कम्पनीको १० करोडको विज्ञापन

काठमाडौँ - साउथका निकै चर्चित अभिनेता अल्लु अर्जुनले एउटा रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन्। साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर दिएको थियो।

मनोबालाले अल्लुलाई सिद्धान्तलाई पालना गरेकोमा बधाई पनि दिएका छन्। साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन्। यसअघि पनि अल्लुले सुर्ती कम्पनीको विज्ञापनको अफर अस्वीकार गरेका थिए।

उनि प्रशंसकबीच गलत मेसेज दिन चाहँदैनन्। कुनै पनि लत लाग्ने कुरालाई विज्ञापनमा देखेर प्रशंसकले खान सुरु गरुन् भन्ने कुरा अल्लुले नचाहेको आफन्त बताएका छन्। जुन कुराको उनी आफैँले प्रयोग गर्दैनन्, त्यसको विज्ञापन किन गर्ने भन्ने सोचका कारण अल्लुले विज्ञापनको प्रस्ताव अस्वीकार गरेको उनले  बताएका छन्।

मिडिया रिपोर्टका अनुसार अल्लुले सुर्ती कम्पनीको करोडौँको विज्ञापनको प्रस्ताव अस्वीकार गर्दै भनेका थिए, ‘म प्रशंसक बीच कुनै पनि गलत कुराको प्रोमोट गर्न चाहन्नँ। म आफैँ पनि सुर्तीजन्य पदार्थ खान्नँ। त्यसैले यो कम्पनीको ब्रान्ड एन्डोर्समेन्ट गर्न अस्वीकार गरेको हुँ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×