ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

म्याग्दी। सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 

धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्र्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्र्याक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ। 

मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परीक्षणका लागि कुश्मा अस्पताल पठाइएको छ। प्रहरी र स्थानीयवासीले ट्र्याक्टरले च्यापिएको शव निकालेका थिए। 

दुर्घटना भएको ट्र्याक्टर मोहित मल्लको भएको बताइएको छ। दुर्घटना भएको ट्र्याक्टर मिलनचोकबाट हराएको थियो। ट्र्याक्टरमा तीनजना सवार थिए। सकुशल दुईजनाले आफूहरुले ट्र्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×