माधुरी दीक्षितको वेब सिरिज ‘द फेम गेम’को पोस्टर सार्वजनिक

काठमाडौँ। बलिउड अभिनेत्री माधुरी दीक्षितको आउँदो वेब सिरिज ‘द फेम गेम’को पोस्टर सार्वजनिक गरिएको छ। सिरिज २५ फेब्रुअरी २०२२बाट प्रदर्शनमा आउने भएको छ।

माधुरीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत वेब सिरिजको पोस्टरसहित प्रदर्शन मितिको जानकारी दिएकी हुन्। सिरिज ओटीटी प्ल्याटफर्म नेटफ्लिक्सबाट प्रदर्शनमा आउनेछ।

करिश्मा कोहलीको निर्देशन रहेको उक्त सिरिजमा माधुरीका अलावा सञ्जय कपूर, मानव कौल, लक्षवीर सरन, सुहासिनी मुले र मुस्कान जाफरी आदि कलाकारहरुको अभिनय रहेको छ। सिरिजको कथा बलिउड अभिनेत्री अनामिका आनन्दको जीवनसँग सम्बन्धित छ। जसमा माधुरी अनामिकाको भूमिकामा देखिएकी छिन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×