काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि सहभागि हुन लागेका छन् । यही पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट ती प्रतिनिधि चयन भएर आउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।
प्रवक्ता महराका अनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छन् भने आयोजकका तर्फबाट १ सय ७९ हुने छन्। सल्लाहकारबाट १ सय ४९ जना हुने महाराले बताए।
राष्ट्रिय सम्मेलन मात्र भएकाले देश भित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने महराकाे भनाइ छ । ‘राष्ट्रिय सम्मेलन भएकाले कसैलाई नबोलाउने, ठूलो तामझाम पनि हुँदैन’,उनले भने ।
कुनै किसिमकाे भड्किलाे व्यानर तथा प्रदर्शन नगरी सामान्य ढंगले सम्मेलन गरिने र त्यसकाे तयारी भइरहेका प्रवक्ता महराले बताए।