गणतन्त्र दिवसको दिन ‘काँडेतार’ को पोस्टर सार्वजनिक

काठमाडौँ - १५ औं गणतन्त्र दिवसको अवसर पारेर निर्देशक तथा अभिनेता नवल खड्काले आफ्नो नयाँ नेपाली फिल्म ‘काँडेतार’ को पोस्टर सार्वजनिक गरेका छन्। आइतबार गणतन्त्र दिवसको अवसर पारेर अभिनेता खड्काले सामाजिक सञ्जालमार्फत फिल्मको फस्ट लूक सार्वजनिक गरेका हुन्।

फेसबुकमार्फत पोस्टर सार्वजनिक गर्दै उनले लेखका छन् - ‘जनताद्वारा, जनताको लागि सिमामा काँडेतार। ठूलो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र दिवसको सारा नेपालीलाई शुभकामना।’ 

फिल्ममा रविन्द्र रञ्जन झा, मुरलीधर, सञ्जय खतिवडा, रोमियन लिम्बू, प्रेम सुब्बा, पर्शुराम चौधरी, राजेन्द्र भगत, पन्नालाल चौधरी, प्रकाश अनुराग, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, रामेश्वर बुर्लाकोटी, केशव रायमाझी, अञ्जु केसी, खेम नेपाली, ज्ञानेन्द्र कोइराला, रामविश्वास थारु, मातृका घिमिरे, रितु चौधरी, प्रेम कार्की, प्रतीक श्रेष्ठ, छवि बैरागी घिमिरे आदि कलाकारको अभिनय रहेको छ।

सौरभ लामा  फिल्मका छायांकार हुन्। शिवम अधिकारी र नवल खड्काको लेखन रहेको यो फिल्मको कार्यकारी निर्माता सत्यकला राई रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×