महारेज २०२५ सम्म सिटीमै रहने

काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर रियाद महारेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। सिटीले शुक्रबार अल्जेरियाका कप्तान महारेजले सम्झौता नवीकरण गरेको जनाएको हो।

सम्झौता नवीकरणसँगै महारेज २०२५ सम्म क्लबमै रहने छन्। ३१ वर्षीय विंगर सन् २०१८ मा अर्को इंग्लिस क्बल लेस्टर सिटीबाट इतिहाद स्टेडियम भित्रिएका थिए।

महारेजले सिटीका लागि १८९ खेलमा ६३ गोल गर्नुका साथै ४५ गोलका लागि अवसर सिर्जना गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×