अमेरिका च्याम्पियन हुँदै ओलम्पिकमा छनोट

काठमाडौँ - संयुक्त राज्य अमेरिका पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएको छ। अमेरिकाले कन्काकाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा मंगलबार ओलम्पिक च्याम्पियन क्यानडालाई १-० ले हराएर ओलम्पिकमा स्थान सुरक्षित गरेको हो।

एलेक्स मोर्गानले पेनाल्टीमार्फत् ७८ औं मिनेटमा गोल गरेपछि विश्वकप विजेता अमेरिकाले गत वर्ष ओलम्पिकको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिएको थियो।

मोर्गानले बायाँ खुट्टाले पेनाल्टी प्रहार गर्दै सान डिएगो वेभमा आफ्ना सहकर्मी क्यानेडियन गोलकिपर काइलेन सेरिदानलाई अर्को दिशामा डाइभ गर्न लगाउँदै निर्णायक गोल गरेकी थिइन्। उनको अमेरिकी राष्ट्रिय टिमका लागि ११८ औं गोल हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×