दुई महिनामा दर्जन फिल्मको लगानी डुब्यो

काठमाडौँ - गत वैशाखबाट हलमा एक दर्जन फिल्म रिलिज भए। रिलिज भएका २ फिल्मले आफ्नो लगानी सुरक्षित गरे। अन्य फिल्मका निर्माता उठ्नै नसक्ने गरी थला परे। उनीहरुका फिल्मले फिल्म प्रचारमा गरेको लगानी समेत उठाउन सकेनन्। 

वैशाख १ मा रिलिज भएको ‘ए मेरो हजुर ४’ले मुस्किलले लगानी उठायो। निर्माता सुनिलकुमार थापाले ‘केजीएफ २’सँग भिड्ने आँट देखाएकै कारण फिल्म लगानी उठाउन सफल देखियो। विदेशी सिनेमासँग निर्माताहरु भागिरहेका बेला सुनिलले गरेको आँटको दर्शकले मान राखिदिएका थिए।

गत जेठ १३ गतेबाट रिलिज भएको ‘कबड्डी ४’ वर्षकै पहिलो ब्लकबस्टर फिल्म बन्यो। घरेलु बक्स अफिसमा नेपाली फिल्मले बनाएका सबै रेकर्ड ब्रेक गरेको यो फिल्मले २२ करोडभन्दा धेरै ग्रस कलेक्सन गरिसकेको छ। यी दुई फिल्म बाहेक अन्य फिल्म बक्स अफिसमै पछारिए। 

मन्त्र, षटकोण, लक्का जवान, लाईफ इन एलए, चिसो मान्छे  घनचक्कर लगायतका फिल्मले निर्माता डुबाइए। ‘चिसो मान्छे’को राम्रै चर्चा भइरहेपनि यो फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेको छैन्। लगानी सुनिश्चित गर्न नसके पनि समीक्षागत रुपमा ‘चिसो मान्छे’ चर्चामा रहेको छ। 

फिल्म प्रदर्शनको लाइनअपलाई हेर्दा कार्तिकसम्म निक्कै फिल्म प्रर्दशनको तयारीमा रहेका छन्। कोरोनाका कारण थन्किएका फिल्मदेखि नयाँ फिल्मसम्म प्रचारमा रहेको छन्। तर सिमित फिल्मले मात्रै दर्शक तान्ने अपेक्षा गरिएको छ। 

गएको दुई महिनाको बक्स अफिसको कमाई हेर्ने हो भने पनि सिरिजले मात्रै दर्शकको विश्वास पाएको देखिन्छ। नयाँ ब्यानर नामका फिल्मले स्टार कलाकारको क्रेज समेत समात्न सकेको छैन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×