छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाबाट चार जनाको मृत्यु

काठमाडौं - कैलालीको टिकापुर नगरपालिका–१ बसपार्कस्थित सडकमा प्रदेश ३–०२ ००९ प १०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–१ ब्लक नम्बर २२ बस्ने २७ वर्षीय भिस्म तिमिल्सेनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल हुँदै नेपालगंज न्यूरो हस्पिटल बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

चितवनको खैरहनी नगरपालिका–१ बहेरा चोकमा बा.९६ प ३६३४ नम्बरको स्कुटरलाई बा.३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ बस्ने २३ वर्षीय आनन लामाको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बाँकेको नेपालगंज उपमहानगरपालिका–२० रांझास्थित सडकमा रोकी राखेको भे.१ त ३२३० नम्बरको ट्याक्टरमा जडान गरेको धानको थ्रेशरमा भे.९ प ६०१ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–८ त्रिभुवनचोक बस्ने ४० वर्षीय बिनोद कुमार बाल्मिकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रौतहटको माधवनारायण नगरपालिका–७ फूलवरियास्थित सडकमा ना.६ प १४६३ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ६५ वर्षीय ब्रहमदेव दासको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×