अभिनेत्री प्रियंका चोपडा आमा बनिन्

भारत। बलिउड तथा हलिउड चलचित्रकी अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन्। उनी सरोेगेसीमार्फत आमा बनेकी हुन्। योे कुराकोे जानकारी प्रियंकाले सामाजिक सञ्जालमार्फत दिएकी हुन्। साथै उनले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह समेत गरेकी छिन्।

सामाजिक सञ्जालमा खुशी सेयर गर्दै उनले लेखेकी छिन्,‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ। हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनियता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं, किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं। सबैलाई धेरै धेरै धन्यवाद।'

उनी सन् २०१८ मा निक जोनससँग वैवाहिक बन्धनमा बाँधीएकी थिइन्। ३९ वर्षकी प्रियंकाको २९ वर्षका गायक जोनससँग राजस्थानको जोधपुरस्थित उम्मेद भवन प्यालेसमा हिन्दु परम्परा अनुसार विवाह भएको थियो। बिभिन्न सञ्चारमाध्यमका अनुसार उनीहरुले सरोगेसीमार्फत पहिलो सन्तानका रुपमा छोरी प्राप्त गरेको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×