विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने

काठामडौँ - नाबा’लिग किशोरी बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका उनलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको हो।

उनी बिहान १० बजे काठमाडौं उत्रने बताइएको थियो। तर, तालिकाअनुसारको कतार एअरको विमान ढिलो ल्याण्ड भएको हो। काठमाडौंमा भिजिविलिटिको कमीले उनी सवार जहाज लामो समयसम्म आकाशमा घुमेको थियो।

केही दिनदेखिको वर्षाको कारणले पनि हवाई उडानमा समस्या देखिँदै आएको छ। नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल पुगेको थियो। सन्दीप विदेशमै रहेको बेला गत २१ भदौमा एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन्।

उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। आफूविरुद्ध उजुरी पर्दा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इण्डिजमा थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×