काठमाडौँ। राज के गोस्वामीको आवाज रहेको गीत 'बादलहरू' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा मानव सुवेदीको संगीत रहेको छ भने अभिनेत्री सुरक्षा पन्तको शब्द रहेको छ। गीतको भिडियोमा सुरक्षा पन्त, घनु जोशी, राज के गोस्वामी, जीएस पाण्डे, शरद भण्डारी, आकाश दाहाल आदि कलाकारहरुको अभिनय रहेको छ।
मानव सुवेदीको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'ओयसआर डिजिटल'बाट सार्वजनिक गरिएको हो।
भिडियो: