सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना, दुईको मृत्यु

सिन्धुली - सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

आइतबार राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो। 

प्रहरीका अनुसार बाडेगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवरको मृत्यु भएको हो।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। बेहुला-बेहुली अर्कै गाडीमा गएका थिए भने जन्ती बोकेको टिपर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। टिपरमा चालकसहित २८ जना सवार थिए। दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका थिए। 

बाँकी चार जनाको अवस्था भने अझै गम्भीर रहेको उनले बताए। घाइतेको उपचारको लागि दुई जनाको दुधौलीस्थित अस्पताल, चार जनालाई काठमाडौं र ८ जनालाई विराटनगर पठाइएको प्रहरीले बतायो। १० जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×