कांग्रेस प्रदेश नं २ को अधिवेशन : पाँच जना निर्विरोध निर्वाचित

जनकपुर। प्रदेश नं २ को राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश नं २ को अधिवेशनमा पाँच सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार पाँच समस्य निर्विरोध भएका हुन्। प्रदेश सदस्य खुल्लामा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध भए।

महिला सदस्यमा सप्तरीकी विमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए। प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ्नी निर्विरोध निर्वाचित भएकी छन्। उक्त पदमा उम्मेदवारी दिएको रत्ना लामाले उम्मेदवारी फिर्ता लिएपछि तामाङ्नी निर्विरोध निर्वाचित भएकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×