राष्ट्रिय वन प्राविधिक सञ्जालको कर्णाली प्रदेश अध्यक्षमा देवकोटा

काठमाडौँ । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका प्रकाश देवकोटा सर्वसम्मत् चयन भएका छन्।

कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगरमा बुधबार सम्पन्न प्रथम कर्णाली प्रदेश सम्मेलनबाट देवकोटाको नेतृत्वमा ११ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत चयन भएको हो। समितिको उपाध्यक्षमा सिर्जना ओली (रुकुमपश्चिम), सचिवमा प्रकाश खड्का (रुकुमपश्चिम) र कोषध्यक्षमा टासी टोपगेल तामाङ (मुगु), चयन भएका अध्यक्ष देवकोटाले जानकारी दिए। त्यस्तै, सदस्यमा भूपालनाथ योगी (कालीकोट), रमित रावत (रुकुमपश्चिम), सोनाम आचार्य (चितवन), विपना खड्का मगर (रुकुमपश्चिम), सुरेन्द्र पुन मगर (जाजरकोट), टोपेन्द्र गिरी (दाङ) र धर्मेन्द्र बुढ्थापा (जुम्ला) चयन भएा हुन्।

मूलतः जलवायु परिवर्तनसम्बन्धी कार्य गरी जैविक विविधता संरक्षण गर्ने र वन विज्ञानको शैक्षिक गुणस्तर कायम गरेर वन स्रोतबाट आर्थिक समृद्धि हासिल गर्दै सो क्षेत्रमा रोजगारी सिर्जना गर्ने आगामी योजना रहेको नवगठित प्रदेश कार्यसमितिका अध्यक्ष देवकोटाले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×