काठमाडौँ - चालू आर्थिक वर्ष (आव) को चौथो महिना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ। उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो।
नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले कात्तिकमा मूल्य वृद्धिदर घट्नुका साथै शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, विदेशी मुद्राको सञ्चिति जस्ता सूचकहरू सकारात्मक भएका छन्।
यसपालि कात्तिकमा उपभोक्ता मूल्यवृद्धि ८ दशमलव शून्य ८ प्रतिशत कायम भएको छ। गत भदौमा ८ दशमलव ६४ प्रतिशत पुगेको उपभोक्ता मूल्यवृद्धि असोजमा ८ दशमलव २६ प्रतिशत कायम भएको थियो।
सरकार र राष्ट्र बैंकले चालू आवमा मूल्यवृद्धि (मुद्रास्फीति) ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य दिएका छन्।
आर्थिक अभियान दैनिकबाट