मैत्रीपूर्ण फुटबल खेलको उपाधि बैंकर्स क्लबलाई

दिपायल - खप्तड रङ्गशाला राजपुरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि बैंकर्स क्लब डोटीले जितेको छ।

डोटी उद्योग वाणिज्य सङ्घलाई ३-२ अन्तरले पराजित गर्दै बैंकर्स क्लबले मैत्रीपूर्ण खेलको उपाधि जितेको हो।

उद्योग वाणिज्य सङ्घको टिमको नेतृत्व दीपेन्द्र भण्डारीले गरेका थिए। बैंकर्स क्लबको नेतृत्व शङ्कर बहादुर बोगटीले गरेका थिए।

शनिवार आयोजित उक्त खेलको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह र दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिं खड्का `विजय´ले गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×