आजको मौसम पूर्वानुमान

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  प्रदेश १, बागमती प्रदेश र गाण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ। 

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×