रणदीप हुड्डाको क्राइम थ्रिलर सिरिज ‘क्याट’ को ट्रेलर सार्वजनिक

काठमाडौँ - बलिउड अभिनेता रणदीप हुड्डाको एक्शन प्याक क्राइम थ्रिलर सिरिज ‘क्याट’ को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा रणदीपले पञ्जाबमा लागूऔषध तस्करीमा फसेका आफ्ना भाइलाई बचाउँदैछन्। एक मिनेट ४० सेकेण्डको ट्रेलरमा पञ्जाबको लागुऔषध तस्करीको कथा देखाइएको छ।

सिरिजमा रणदीप गुरनाम सिंहको भूमिकामा रहेका छन्। रणदीप बाहेक काव्या थापर, दानिश सूद, केपी सिंह र गीता अग्रवाल जस्ता धेरै स्टार देखिनेछन्।

यो सिरिज नेटफ्लिक्समा डिसेम्बर ९ देखि हिन्दी, पञ्जाबी र अंग्रेजीमा रिलिज हुने बताइएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×