सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने

बारा - बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ।

विमानस्थल क्षेत्रमा मर्मत सम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो। सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए। नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधा मात्रै उडान हुने उनले बताए।

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत सम्भार गर्न लागिएको हो। दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो। सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मत सम्भारको ठेक्का लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×