काठमाडौँ - ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ।
आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ। ‘जसले गर्दा भावी दिनमा यस कम्पनीसँग आबद्ध हुन सबै स्रष्टा, कलाकार र संगीतप्रेमीलाई नयाँ सम्भावनाको ढोका खुल्नेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
म्युजिक नेपाल प्रा.लि. अब कम्पनीमा परिणत हुन लागेसँगै आईपीओ निष्कासनको तयारी भएको जनाइएको छ। म्युजिक नेपाल २०३९ साल साउन २४ गते स्थापना भएको थियो।