नेपाल र मरिससको मैत्रीपूर्ण खेल ५००० जनाले हेर्न पाउने, प्रवेश शुल्क एक हजार र पाँच सय

काठमाडौँ। नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ पौने ५ बजे खेल सुरु हुनेछ। नेपाली टोलीले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो।

नेपाल र मरिससबीच हुन गइरहेको मैत्रीपूर्ण खेलमा रंगशालाको क्षमताको एकतिहाइ दर्शकलाई प्रवेश अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। कोभिड १९ बाट सुरक्षाका लागि सरकारले जारी गरेको मापदण्ड पालना गर्दै दर्शकलाई मैदान प्रवेशको अनुमति दिइने एन्फाको तयारी छ। स्टेडियममा प्रवेशका लागि भिआईपीतर्फ एक हजार र सामान्य प्यारापिट तर्फ ५ सय रुपैया शुल्क एन्फाले तोकेको छ।

फिफा वरीयताका हिसाबले मरिसस नेपालभन्दा पछाडि छ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×