काठमाडौँ - तिलिचो हिमालको ५ हजार १२ सय ५ मिटर उचाइमा छायांकन भएको भिडियो ‘तिलिचो ताल’ सार्वजनिक भएको छ। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रहेको गीत पूर्व श्रममन्त्री रामेश्वर राय यादव, संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’ लगायतले सामूहिक सार्वजनिक गरेका छन्।
सागर अधिकारी ‘शरद’को स्वर तथा छायाँकन, भेष प्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन्।
गीतमा पुष्प खड्का र श्रद्धा क्षत्रीको अभिनय रहेको छ। उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन रहेको भिडियो डीआर क्रियशनमार्फत सार्वजनिक गरिएको हो।