युनाइटेडले टोटेनहमलाई हरायो

काठमाडौँ - इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा म्यानचेस्टर युनाइटेड  विजयी भएकाे छ। ऊ घरेलु मैदान ओल्ड ट्राफाेर्डमा टाेटेनहम हाेट्सपुरविरुद्व २-० ले विजयी भएकाे हाे।

युनाइटेडलाई जित दिलाउन फ्रेड र ब्रुनाे फर्नान्डेस १/१ गाेल गरेका थिए। खेलकाे ४९औं मिनेटमा फ्रेडकाे गाेलमार्फत युनाइटेडले अग्रता लिएकाे थियाे। ६९औं मिनेटमा फर्नान्डेसले गाेल गरेपछि घरेलु टाेलीले २-० काे जित निकाल्याे।

याे जितसँगै युनाइटेड १० खेलमा १९ अंकका साथ पाँचौं स्थानमा उक्लिँदा हारका बाबजुत टाेटेनहम ११ खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा यथावत रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×