इंग्ल्याण्डसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित्यो

काठमाडौँ - इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ। सिड्नीमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै अष्ट्रेलियाले ३ खेलको शृङ्खला १ खेल बाँकी छँदै जितेको हो।

अष्ट्रेलियाले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३८ ओभर ५ बलमा २ सय ८ रन बनाउँदा अलआउट भयो। इंग्ल्याण्डका साम विलिङले ७१ र जेम्स भिन्सले ७१ रन बनाएका थिए। बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ४/४ तथा जोस हजलउडले २ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो। उसका लागि स्टेभिन स्मिथले ९४, मार्नुस लाबुसेनले ५८ र मिचेल मार्सले ५० रन बनाएका थिए। बलिङतर्फ इंग्ल्याण्डका अदिल रसिदले ३ तथा क्रिस वोक्स र डेविड विलीले २/२ विकेट लिएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×