काठमाडौं । निर्वाचन आयोगको आह्वानमा आज शुक्रवार सर्बदलीय बैठक बस्दैछ ।
राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले सर्बदलीय बैठक आह्वान गरेको हो ।
शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा पठाइएको उहाँले जानकारी दिनुभयो । राष्ट्रियसभाको १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।