आइतवार उच्च पहाडी भेगमा हिमपात हुने तथा पहाडी भेगमा सामान्य वर्षाकाे सम्भावना

काठमाडौं । आइतवार प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भूभागहरुमा  आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

त्यस्तै आइतवार राती देशको पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बागमती र कर्णाली प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशका प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने हुनाले सोही अनुसारको सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×