फिल्म ‘गोर्खा’को ट्रेलर सार्वजनिक

काठमाडौँ - भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापाको जीवनमा आधारित फिल्म ‘गोर्खा’को ट्रेलर सोमबार रिलिज भएको छ। फिल्मको अंग्रेजी नाम ‘बिनिथ द ब्रेभरी’ हो।

भदौ २४ गते प्रदर्शन हुने फिल्ममा थापाले जर्मन सेनासँगको युद्धमा देखाएको पराक्रमलाई चित्रण गरिएको छ। प्रदीप शाही निर्देशित फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको मुख्य भुमिका रहेको छ।

फिल्मको पटकथा निर्देशक शाही आफैंले लेखेका हुन्। नेपाल रिलिजअघि बेलायत, अमेरिका, ब्रुनाई, सिंगापुर र अस्ट्रेलियामा फिल्म रिलिज गर्ने तयारी छ।

सन् १९१५ सेप्टेम्बर २५ मा ब्रिटिश सेनाले फ्रान्सको लुइसमा ठूलो आक्रमण गरेको थियो। उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते भएका थिए।

घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए। यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भएको थियो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×