काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाइ तथा शुभकामना दिएकी छन्। उनले अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सफल कार्यकालको कामना गरेकी हुन्।
भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनु एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भएको उल्लेख गरेकी छन्। प्रतिस्पर्धामा सहभागी सबै नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया भएको बताइन्, जसले संस्थालाई अझ सुदृढ र गतिशील बनाउने उनको भनाइ छ।
जारी सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले नवनिर्वाचित नेतृत्वले पार्टीको सिद्धान्त जबजको मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई थप मजबुत बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गरेकी छन्।
.png)
.png)
.png)
.png)
.png)
.png)


