काठमाडौँ - गीतकार तारा अधिकारीको नयाँ गीत 'ताँती'को म्युजिक भिडियो सार्वजनिक भएको छ। सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ।
गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन बिजेश्वर राज तण्डुकारको रहेको छ। तास रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो। गीतलाई राजेश्वर राज तण्डुकारले मिक्सिङ गरेका हुन्। गीतको भिडियोमा नाजिर हुसेन र दिप्सिना अधिकारीको अभिनय रहेको छ। शान थापाको निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।
सामान्य ग्रामिण परिवेशको बस्तीमा छायांकन गरिएको गीतले दर्शकको साथ पाउने विश्वास गीतकार तारा अधिकारीले गरेकी छिन्।