काठमाडौँ - गायक एवं संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ।
एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ। फनिन्द्र राईले संगीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन्।
गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन्। भिडियोमा निशल पौडेलले छायांकन, विकास दाहालले सम्पादन रहेको छ। भिडियोमा चाँदनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय सँगै बाल कलाकार रिसभ स्याङ्बाको अभिनय पनि समेटिएको छ।