रग्बीमा नेपाली टिमको हार

काठमाडौँ - नेपाली रग्बी टोली मंगलबार बंगबन्धु बंगलादेश-नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा पराजित भएको छ। रग्बी सेभेनको दुई खेलको शृंखला नेपालले २-० ले गुमाएको हो।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २०-० स्कोरले पराजित भयो। नेपालले पहिलो र दोस्रो हाफमा १०-१० स्कोर सामना गर्‍यो। बंगलादेशले खेलमा कुल ४ ट्राइ हान्न सफल भयो। प्रत्येक ट्राइ (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्‍याउने) बाट ५ स्कोर दिइन्छ। बंगलादेशका नदिम मेहमुदले २ ट्राइ तथा सोहेल राना र अनवर जमानले १-१ ट्राइ गरेका थिए।

दोस्रो खेल नेपाल १९-० ले पछि पर्‍यो। पहिलो खेलको तुलनामा खेलाडीले स्तरीय प्रदर्शन गरेका थिए। बंगलादेशका मोहम्मद नदिमले ७, अनवर जमानले ७, ओबेडुर रहमानले ५ स्कोर गरे। नेपाली टोली कृष्ण क्षेत्रीको कप्तानीमा उत्रिएको थियो। उनले खेलमा पराजय भोगे पनि आफ्ना खेलाडीले राम्रो मिहिनेत गरेको बताएका छन्। काठमाडौंको भन्दा फरक मौसम, ढाकाको गर्मीका कारण खेलमा असर गरेकाले सोचे जस्तो परिणाम नआएको उनको भनाइ रहेको छ।

नेपालले बुधबार रग्बी फिप्टिनको पहिलो आधिकारिक खेल खेल्नेछ। पछिल्लो समय नेपालले सन् २०१८ मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गरेको थियो। नेपालका चार खेलाडीले रग्बी सेभेनमा डेब्यु गरेका छन्। पुजन फेवाली, रामकृष्ण चौधरी, शेरबहादुर ओली र निरोज कार्कीले डेब्यु गरे।

नेपाली टोलीमा- कृष्ण क्षेत्री ( कप्तान), विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, विक्रम पुरी, हुतराज प्रधान, झुकेन राई, पूजन फेवाली, रामकिशोर चौधरी, शेरबहादुर ओली, विवेश वासु, सुरज चौधरी र निरोज कार्की रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×