फिल्म फ्लप भएपछि आयुष्मानले पारिश्रमिक घटाए

काठमाडौँ - बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक घटाउने निर्णय गरेका छन्। आजकाल आयुष्मानका फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेका छैनन्। जसका कारण उनले आफ्नो शुल्कमा १० करोड रुपैयाँ कटौती गरेका छन्।

बलिउड हंगामाका अनुसार आयुष्मान खुरानाले फिल्मको एग्रिमेन्टमा २५ करोड रुपैयाँ लिने गरेका छन् तर अहिले उनले यसलाई घटाएर १५ करोड राखेका छन्।

आयुष्मानको नजिकको एक स्रोतले भने, 'अनेक' र 'चंडीगढ करे आशिकी'का कारण आयुष्मानको शुल्क २५ करोडबाट झरेर १५ करोडमा आएको छ। आयुष्मानको आगामी फिल्मका निर्माताहरूले उनलाई आफ्नो शुल्क घटाउन अनुरोध गरे र यो कठिन समयमा उनलाई समर्थन गर्न भने। योसँगै आयुष्मानले पनि यसमा सहमति जनाउँदै तुरुन्तै आफ्नो शुल्क १५ करोडमा घटाए।'

आयुष्मान खुरानाको कामको कुरा गर्दा उनी चाँडै रकुल प्रीत सिंहको अपोजिट ‘डक्टर जी’ मा देखिनेछन्। फिल्म यसै वर्ष अक्टोबर १४ मा रिलिज हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×