काठमाडौं - प्रदेश प्रमुख परशुराम खापुङ समक्ष राष्ट्रिय दलित आयोगका माननीय सदस्य टुन्ज बराइलीको नेतृत्वमा तेश्रो वार्षिक प्रतिवेदन पेश भएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९÷८० को प्रतिवेदन पेश भएको हो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख माननीय प्रदेश प्रमुखले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताएका छन् । पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु जस्ता घट्नाले लज्जित बनाएको बताएका छन् । साथै, यो समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको प्रदेश प्रमुखले बताएका छन् ।
त्यसैगरी राष्ट्रिय दलित आयोगका माननीय सदस्य टुन्ज बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताएका छन् । युवावस्थामा प्रेम भएपनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उनको भनाई थियो ।