मोरङमा १४ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा मोरङमा सबैभन्दा बढी १४ जनामा कारोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

सोही अवधिमा सुनसरीमा तीन, झापामा दुई, उदयपुर र प्रदेश बाहिरका एक/एक गरी २१ जना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयमा अनुसार ३५७ जनाको पीसीआर परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। 

प्रदेशमा आजै पाँच महिलासहित ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् एक जना पुरुषको मृत्यु भएको र अझै प्रदेशमा १४४ जना सक्रिया सङ्क्रमित रहेको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×