काठमाडौँ - कतार विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नयाँ बल प्रयोग हुने भएको छ। फिफाले सेमिफाइनल र फाइनलमा अल हिल्म नामको बल खेलाउने भएको हो।
विश्वकपको लागि फिफाले एडिडासँग सम्झौता गरेको छ। सम्झौताअनुसारै पहिलो चरणदेखि क्वार्टरफाइनलसम्म ‘अल रिहला’ नामको बल प्रयोग भएको थियो। फिफा र एडिडासले आइतबार एक क्रार्यक्रमबीच अल रिहला नामको बल सार्वजनिक गरेको छ। आरबी भाषामा अल रिहलाको अर्थ यात्रा हो।
यसैगरी, अल हिल्मको अर्थ सपना हो। सेमिफाइनलमा खेलाउने बलमा पनि सेन्सर राखिएको छ। यसमा क्नेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ। कनेक्टेड बलको सहयोगमा रेफ्रीलाई निर्णय लिन निकै मद्त गरेको आयोजकको भनाइ छ। ‘अल हिल्म’ बलको डिजाइन सुनौलो रङको छ।
बलमा त्रिकोणात्मक आकारमा दोहा र वरपरको मरुभूमि देखाइएको छ। फिफा, विश्वकप र कतारको राष्ट्रिय झण्डाको रुवरुप बलमा रङ प्रयोग गरिएको छ।
सेमिफाइनल खेल मंगलबार र बुधबार हुनेछन्। मंगलबार राति १२ ४५ मा पहिलो सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ। दास्रो सेमिफाइनल बुधबार राति १२ः४५ मा सबिक विजेता फ्रान्स र मोरक्ककोबीच हुनेछ।