मेलम्ची खोलाले बगाएर २२ वर्षीया निशाको मृत्यु

सिन्धुपाल्चोक - हेलम्बु गाउँपालिका–५ सिरिशे बस्ने २२ वर्षीया निशा कुमारी तामाङको मेलम्ची खोलाले बगाएर बिहीबार बिहान मृत्यु भएको छ । 

खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ र अस्थायी प्रहरी पोष्ट शेराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मेलम्ची गाउँपालिका–६ स्थित मेलम्ची खोलामा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×