सौगात मल्ल अब अंग्रेजी वेब सिरिजमा देखिने सम्भावना

काठमाडौँ- अभिनेता सौगात मल्लले एक वेब सिरिजका लागि समय दिइरहेका छन्। यसैले गर्दा उनले झन्डै १० महिनाको समय सिरिजको लागि छुट्याएका छन्। अंग्रेजी भाषामा निर्माण हुने सिरिजको लागि केही अडिसन समेत उनले गरिसकेका छन्। उनले सिरिजको लागि प्रक्रिया मै रहेको र केही चरणको अडिसन समेत भइसकेको तर, पक्का भने भइ नसकेको जानकारी दिएका छन्।

सिरिजमा अभिनय गर्ने पक्का भयो भने अन्य निर्माताहरुलाई असर नगरोस् भनेर नै नयाँ फिल्म फागुन अगाडि नगर्ने भनेको सौगातले स्वीकारेका छन्। अंग्रेजी सिरिजले सौगातसँग लामो समय मागेका कारण उनले नयाँ निर्मातालाई फागनुपछि मात्र सम्पर्क गर्न आग्रह गर्न थालेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×