काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्ट व्यक्तीलाई कुराउने बानी छ। उनी कसैप्रति सन्तुष्ट छैनन् भने कसैलाई आधा घन्टा त कसैलाई एक, दुई, तीन, चार जति घन्टा पनि कुराइदिन्छन्। प्रचण्ड, माधवकुमार नेपाल जस्ता नेताहरुलाई पनि ओलीले कार्यालय वा निवासमा डाकेर घन्टौं कुराएको घटना छन्। ओलीले जति धेरै समय कुराउँछन् उति असन्तुष्ट छन् भन्ने बुझ्नुपर्छ। ओलीको यो शैली पनि हो।
आज मंगलबार नेपाल बार एशोशिएसनका प्रतिनिधि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन माग गर्दै ओलीको बालकोटस्थित निवासमा पुगेका थिए। तर, ओलीले उनीहरुलाई निकै समयसम्म कुराए। गाडी पार्किङ गर्ने जस्तामुनी मेच राखेर कुर्ने अवस्था बनाए। आधा घन्टा भन्दा बढी समय कुर्दा पनि ओली देखापरेनन्। यसलाई अर्थपूर्णरुपमा हेरिएको छ। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्व अध्यक्ष शम्भु थापालगायत व्यक्तीहरू ज्ञापनपत्र बुझाउन ओली निवास पुगेका थिए।
स्रोत:रिपोर्टसनेपाल