गोल्डेन बुटको प्रबल दावेदार बन्दै एम्बाप्पे

काठमाडौँ - विश्वकप फुटबलमा नकआउट चरणका खेलहरू जारी रहेका बेला गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि फ्रान्सका केलियन एम्बाप्पे छन्। एम्बाप्पेले जारी विश्वकपमा सबैभन्दा बढी ५ गोल गरिसकेका छन्। राउण्ड १६ को खेलमा गएराति पोल्याण्डविरुद्ध २ गोल गर्दै उनी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि रहेका हुन्।

एम्बाप्पेले २०१८ को विश्वकपमा कुल ४ गोल गरेका थिए भने यस विश्वकपका ४ खेलमा ५ गोल गरिसकेका छन्। फ्रान्सले अब क्वाटरफाइनल इङ्ल्याण्डविरूद्ध खेल्नेछ।

त्यस्तै यस दौडमा अहिलेसम्म ३-३ गोल गरेर ७ खेलाडीले पछ्याइरहेका छन्। जसमा अर्जेन्टिनाका लियोनेल मेसी, फ्रान्सकै ओलिभर जिरोउड, ईङल्याण्डका मार्कस राशफोर्ड र बुकाया साका, स्पेनका अल्भारो मोराटा, नेदरल्याण्डका कोडी गाक्पो र इक्वेडरका इनर भलेन्सिया छन्।

इक्वेडर विश्वकपबाट बाहिरिसकेकाले भलेन्सिया भने अब गोल्डेन बुटको दौड हुनेछैनन्। ओलिभर जिरूड र केलिएन एम्बाप्पेले कीर्तिमानी गोल गरेपछि पोल्याण्डलाई ३-१ गोल अन्तरमा पराजित गर्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो।

२३ वर्षकै उमेरमा विश्वकपमा ९ गोल गर्ने पहिलो खेलाडी बन्दै एम्बाप्पेले कीर्तिमान बनाएका छन्। पोल्यान्डमाथि जित निकालेर अन्तिम ८ मा पुगेको फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×