विकास बैंकहरु मध्ये सांग्रिला विकास बैंकको मुनाफा बृद्धिदर सबैभन्दा उच्च

काठमाडौं । चालु आवको अर्ध बार्षिक वित्तीय विवरण प्रकाशन गरेका १० वटा ख बर्गका विसका बैंकहरु मध्ये मुनाफाको आधारमा लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकको मुनाफा बृद्धिदर सबैभन्दा उच्च देखिएको छ । त्यस्तै मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढि ६० करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

छ महिनामा १० वटा विकास बैंकले कूल तीन अर्ब २८ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आवमा दुई अर्ब ८६ करोड ६१ लाख मुनाफा गरेका यी बैंकहरुले यस वर्षको दोस्रो त्रैमासिक समीक्षा अवधीमा १४।७१ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएका छन् ।

दोस्रो त्रैमास सकिएको दुई कार्यदिनभित्र वित्तिय विवरण प्रकाशन गरेर कामना सेवा बैंकले आफूलाई चुस्तदुरुस्त राख्ने बैंकको रुपमा परिचय बनाउन सफल भएको छ । बैंकले दोस्रो त्रैमास सकिएपछि माघ ४ गते वित्तीय विवरण प्रकाशन गरेको थियो । त्यस्तै, चार कार्यदिनभित्र वित्तिय विवरण प्रकाशन गर्न सफल सांग्रिला विकास बैंकको लेखा व्यवस्थापन पनि निकै चुस्त दुरुस्त रहेको समेत देखिएको छ । दोस्रो त्रैमासको वित्तीय विवरण सांग्रिला विकास बैंकले माघ ६ गते वित्तिय विवरण प्रकाशन गरेको थियो ।

हालसम्म सांग्रिला, मुक्तिनाथ, गरिमा, महालक्ष्मी, शाईन रेसुंगा, ज्योति, कामना सेवा, मिलेरी, सिन्धु र लुम्बिनी विकास बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसकेका छन् ।

मुनाफाको आधारमा
विवरणको आधारमा मुक्तिनाथ विकास बैंक अन्य ख बर्गका विकास बैंकहरुलाई उछिनेर मुनाफाको आधारमा पहिलो हुन सफल भएको छ । सो बैंकले ६० करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यद्यपि मुक्तिनाथ विकास बैंकको मुनाफा २।१३ प्रतिशतले घटेको छ । गत आवमा ६१ करोड ५५ लाख मुनाफा आर्जन गरेको बैंकको मुनाफा चालु आवको छ महिने समीक्षा अवधीमा घटेको देखिएको हो ।

त्यस्तैमा गरिमा विकास बैंक रहेको छ । सो बैंकको मुनाफा २५.१३ प्रतिशत बढेर ४९ करोड २४ लाख पुगेको छ । त्यस्तै, तेस्रो महालक्ष्मी विकास बैंक रहेको छ । सो बैंकको मुनाफा ३१.५५ प्रतिशतले बृद्धि भई ४५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

लुम्बिनी विकास बैंकको ३५ लाख १७ हजार मुनाफा हुँदा साईन रेसुंगा बैंकको ३४ करोड ८८ लाख, ज्योति विकास बैंकको ३४ करोड ४० लाख, कामना सेवा विकास बैंकको ३४ करोड ३६ लाख, सांग्रिला विकास बैंकको २४ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×