काठमाडौं - आईसीसी टी९२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरविरूद्ध पाँचौं सफलता हात पारेको छ ।
टस हारेर बलिङ गरेको नेपालले खेलको १० ओभरमा सन्दीप लामिछानेले २ विकेट लिँदै नेपाललाइ पाँचौं सफलता दिलाएका हुन् ।
सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । सन्दीपले लिएको यो दोस्रो विकेट हो । जनक आउट हुँदा सिंगापुर १०.२ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको छ ।