काठमाडौँ । आन्दोलनका नाइकेहरूको नियतमा खोट भेट्टाएपछि बहुमत नयायाधीशहरूले इजलास फर्किने निर्णय गरेसँगै बारको आन्दोलन विफल भइसकेको छ। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाई व्यक्तिगत स्वार्थपूर्तिका लागि बारले अझैपनि अनेक रणनीति अपनाउने कोसिस गर्दै आएको छ।
व्यक्तिगत स्वार्थपूर्तिका लागि सिङ्गो न्यायालयलाई नै अस्तव्यस्त बनाउँदै आएको पुष्टि भएपछि स्वतन्त्र कानून व्यवसायी एवं सचेत युवाहरूले आज काठमाडौँको माइतीघर मण्डलाबाट कडा विरोध प्रदर्शन गरेका छन्। नयाँ बानेश्वरस्थित होटेल एभरेष्टदेखि शुरू भएको विरोध प्रदर्शन माइतीघरमा पुगेर कोणसभामा परिणत भएको हो। उनीहरूले ‘विधिको शासन कायम गर!’, ‘अदालत बन्द गर्न पाइँदैन!’, लगायतका नाराकासाथ उनीहरूले आन्दोलनकारीहरूलाई थप किर्ते नगर्न चेतावनी दिएका छन्।
बारको आन्दोलनले हजारौँ न्यायको पर्खाइमा रहेका जनताहरू थप मर्कामा परेको र उनीहरूको मौलिक हकको हनन भइरहेको बताउँदै स्वतन्त्र कानून व्यवसायीहरूले तुरुन्तै आन्दोलन फिर्ता लिई न्यायालयलाई शान्तिपूर्ण वातावरणमा फर्काउन सुझाव दिएका छन्। साथै, उनीहरूले अफ्ताब आलमले आफ्नो ईट्टा भट्टामा जिउँदै मान्छे पोलेको घट्नामा पोलेकै होइन भनेर मुद्दा लडिदिने र बहस गर्ने शम्भु थापाहरूजस्ता अधिवक्ताले गरेको आन्दोलन असलमा न्याय वा सुधारका लागि नभएर स्वार्थका लागि भएको दाबी गरेका हुन्। स्वतन्त्र कानून व्यवसायीहरूले शम्भु थापाहरूको अब न्यायालयमा कुनै खैरियत नरहने चेतावनी समेत दिए।
शम्भु थापाहरूको एक एक गरेर हिसाबकिताब लिने पनि चेतावनी दिँदै उनीहरूले ‘शम्भु थापा प्रवृत्ति’विरुद्ध आफूहरू सधैँ लाग्ने र न्यायका लागि शान्तिपूर्ण आन्दोलन अन्तिमसम्म जारी राख्ने उद्घोष गरेका छन्।