काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा बैठक बस्न लागेको हो।
बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिए।
यसअघि असार २९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको थियो।