काठमाडौं - पर्साको बिन्दबासीनी गाउँपालिका–२ झोगाई खोलाको डिलमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका–१ लक्ष्मीपुर टोल बस्ने ४१ वर्षीय गंगा सुवेदी सोही ठाउँस्थित खेतमा र सोही नगरपालिका–५ बुढिखोलामा सुनसरी धरान उपमहानगरपालिका–६ बस्ने ५५ वर्षीया सार्की माया राई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
इलामको इलाम नगरपालिका–११ खुजुम्मे बस्ने ६२ वर्षीय भिम बहादुर जबेगु सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।