काठमाडौँ - अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग नेपालका लागि अमेरिकाका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन्।
भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो।
होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुन्। उनले अमेरिकामा रहेका नेपालीलाई टेम्प्रोरेरी प्रोक्टेक्डेड स्टाटस (टिपीएस) मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पारेका छन्।
मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने होलान डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन्।