साउथ फिल्मको बलिउडमाथि चुनौती

काठमाडौँ – यतिबेला दक्षिण भारतीय (साउथ) फिल्मले मुम्बई फिल्म उद्योग अर्थात् बलिउडलाई समेत चुनौती दिइरहेको छ।

एकपछि अर्को साउथ फिल्मले भारतीय बक्स अफिसलाई हल्लाइरहेको अवस्था छ। रामचरण र जुनियर एनटीआर अभीनीत साउथ फिल्म ‘आरआरआर’ले हालै विश्व बजारमै तहल्का मच्चाइसकेको छ। यसै गरी अहिले ‘केजीएफ २’ ले नयाँ रेकर्ड बनाउने अनुमान भइरहेको छ।

यस्तो अवस्थामा बलिउड स्टारहरुलाई समेत यसले छक्क पार्नु स्वाभाविक हो। केही दिन अगाडि मात्र बलिउड सुपरस्टार सलमान खानले एसएस राजामौली निर्देशित फिल्मलाई बधाई दिँदै तेलुगू फिल्मको सफलतालाई लिएर प्रश्न गरेका थिए। ‘हाम्रा फिल्म उनीहरूको राज्यमा चल्दैन। जबकि, उनीहरूको फिल्म पूरा देशमा सफल भएको छ ’ सलमानले गरेको यो प्रश्नको जवाफ यशले दिएका छन्।

‘केजीएफ स् च्याप्टर २’ को प्रमोसनकै क्रममा उनले सलमानलाई जवाफ दिए थिए। ’हाम्रो फिल्म छिटै अल इन्डिया चल्ने बनेका होइनन्। यसको लागि कडा मेहनत गरेका छौँ। हामीले हिन्दी डबिङ गरेर फिल्म प्रदर्शन गर्दा हाम्रो मजाक पनि उडेको थियो। तर, त्यहीँ कारणले हाम्रो परिचय इन्डिया भर भयो” यशले भने। उनले पछिल्लो समय दर्शकले खोजेको कन्टेन दिन सकेको कारण नै साउथ इन्डियन फिल्म इन्डियासँगै विश्व बजारमा सफल भइरहेको यशले बताएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×