काठमाडौँ - बलिउडमा रिमेक लहर धुमधामसँग चलेको छ। कोही दक्षिण भारतीय फिल्म रिमेक गर्ने लहरमा छन् कोही क्लासिक। अनिल कपुर र माधुरी दीक्षितको सुपरहिट फिल्म ‘तेजाब’ पनि रिमेक हुने क्रममा रहेको छ।
निर्माता मुराद खेतानीले यो फिल्मको रिमेक अधिकार लिएका छन्। यसका लागि उनले कार्तिक आर्यन र श्रद्धा कपुरको जोडी लिने बारे सोचिरहेका छन्। फिल्म गर्नलाई कार्तिक इच्छुक भए पनि श्रद्धाले भने जवाफ दिइनसकेको इन्डिया टुडेले समाचारमा लेखेको छ।
नयाँ शैलीमा बनाइने फिल्मका लागि निर्माता नयाँ जोडी राख्ने सोचमा श्रद्धा र आर्यनलाई खेलाउन लागिपरेको समाचारमा उल्लेख गरिएको छ।
कार्तिक र श्रद्धाले अहिलेसम्म सँगै फिल्म गरेका छैनन्। दुवैको जोडी रोचक देखिने अपेक्षामा निर्माताले कार्तिकलाई मनाइसकेका छन् श्रद्धालाई प्रस्ताव गइसकेको छ।
एन चन्द्राको निर्देशन रहेको फिल्म उसबेलाको ब्लकबस्टर फिल्म थियो।