कांग्रेसको सहमहामन्त्रीमा भीष्मराज आङदाम्बे निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् ।

बिहीबार सकिएको मतगणनामा विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदाम्बे निर्वाचित भएका हुन्।

सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बन्नुभएका आङदाम्बेले २७११ मत पाएका छन् । यस्तै डा शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामाले १९१३ मत पाएका छन् ।

सहमहामन्त्रीतर्फ कुल ४६८१ मत खसेको केन्द्रीय निर्वाचन कमिटीले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×