ड्रग्स र मनी लान्ड्रिंग मुद्दामा रकुल प्रीतलाई ईडीको पत्र

काठमाडौँ - द डाइरेक्टरेट अफ इन्फोर्समेन्ट (ईडी) ले ड्रग्स र मनी लान्ड्रिंग मुद्दामा अभिनेत्री रकुल प्रीत सिंहलाई उपस्थित हुन पत्र पठाएको छ। रिपोर्टका अनुसार रकुललाई २ फरक मुद्दामा पत्र पठाइएको हो।

उनलाई डिसेम्बर १९ गते सोधपुछका लागि उपस्थित हुन भनिएको छ। रकुल प्रीतलाई गत वर्ष सेप्टेम्बरमा पनि बोलाइएको थियो। यो मामिला ५ वर्ष पुरानो हो। ईडीले यस विषयमा अनुसन्धान गरिरहेको छ र यस अवधिमा टलिउडसँग सम्बन्धित धेरै कलाकारहरूसँग सोधपुछ गरिरहेको छ।

सन् २०१७ मा भन्सार अधिकारीहरूले संगीतकार क्याल्भिन मस्करेनहास र अन्य दुईजनाबाट ३० लाख मूल्यको लागुऔषध बरामद गरेपछि लागूऔषध मुद्दामा चर्चामा आएको थियो। रवि तेजा, चार्मी कौर, नवदीप, मुमैथ खान, तनिश, नन्दु, तरुण र बाहुबली फेम राणा डग्गुबातीलाई यस मामिलामा ईडीले पहिले नै बोलाइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×